कर्णालीको कानुन मन्त्रीमा एकीकृत समाजवादीका शाही नियुक्त

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ६ : ४५


सुर्खेत। कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नेकपा एकीकृत समाजवादीका चन्द्रबहादुर शाही नियुक्त भएका छन्।

समाजवादी संसदीय दलका नेतासमेत रहेका शाहीलाई मंगलबार आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ।

शाहीले केही बेरमै शपथ लिने कार्यक्रम छ।


प्रतिक्रिया दिनुहोस्