मन्त्रिपरिषद्को आकस्मिक बैठक पछि सारेर सचिवालय बैठक

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ११ : २८


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको मन्त्रिपरिषद्को आकस्मिक बैठक डेढ घण्टापछि सारेर सचिवालय बैठक बस्न लागेको छ। 

प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाउनुभएकाले त्यसअघि बालुवाटारमा सचिवालय बैठक बस्न लागेको प्रधानमन्त्रीको निजी सचिवालयले स्रोतले जनाएको छ।

मन्त्रिपरिषद्को आकस्मिक बैठक ५ बजेका लागि बोलाइएको थियो। उक्त समयमा सचिवालय बैठक बस्ने भएपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक साढे ६ बजेका लागि सारिएको हो। 

बैठकका एजेण्डाबारे भने केही खुलाइएको छैन। यसअघि बिहान बसेको मन्त्रिपरिषद्को बैठकले डा भगवान कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो। 


प्रतिक्रिया दिनुहोस्