क्रुरताको पराकाष्ठाः भारतमा घरविहीन १६ वर्षकी किशोरी चार सय जनाबाट बलात्कृत भइन्

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ५ : ३८


भारतमा महिला हिंसा सम्बन्धी ज्यादै डरलाग्दो र भयानक घटना सार्वजनिक भएको छ।

सीएनएनका अनुसार एक १६ वर्षकी किशोरीलाई चार सय व्यक्तिले बलात्कार गरेका हुन्। यो घटनाले बलात्कारजस्ता महिला हिंसाको भारतीय चित्र प्रस्तुत गरेको छ।

भारतको बालबालिका सम्बन्धी संस्था इन्डियाज चाइल्ड वेल्फेर कमिटी सीडब्लूसीले नोभेम्बर ११ मा एक वक्तव्य जारी गर्दै १६ वर्षकी घर नभएकी किशोरीलाई चार सय जनाले महाराष्ट्र राज्यमा भिन्दाभिन्दै समयमा बलात्कार गरेको जनाएको छ।

बाटोमा मागेर खाने ती किशोरीलाई केही पुरुषले सुरुवातमा डर र धम्कीको आडमा बलात्कार गरेका थिए। त्यसपछि उनको इच्छाविपरित उनीहरुले अन्य व्यक्तिलाई पनि किशोरीलाई बलात्कार गर्न उक्साउने गर्दथे।

किशोरीले सबै व्यक्तिलाई नचिन्ने तर २५ जना बलात्कारी भने चिनेको सीडब्लूसीका प्रमुख अभय भित्तालराओ भनाभेले जनाएका छन्। दुई प्रहरीले पनि उनको बलात्कार गरेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्