महराको थुनछेक बहस सकिएन्, भोलि पनि चल्ने

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौँ । संसद सचिवालयकी महिला कर्मचारीमाथि बलात्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्ण महरामाथिको थुनछेक बहस हेर्दा हेर्दैमा राखिएको छ। 

काठमाडौँ जिल्ला अदालतमा जारी बहसमा सरकारी वकीलका तर्फबाट बहस सकिएको छ भने महराको पक्षमा लवप्रसाद मैनाली र भोजराज आचार्यले मात्र बहस गरेका छन्। 

महराको पक्षमा बहस गर्ने वकीलहरुको संख्या धेरै भएका कारण आज बहस नसकिएपछि सोमबार बिहान ११ बजे फेरि बहस हुनेगरी मुद्धा हेर्दा हेर्दैमा राखिएको हो। सोमबार ११ बजे फेरि बहस जारी रहने स्रोतले जनाएको छ। 

महराको पक्षमा बहस गर्न पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठको नेतृत्वमा करिब २० जना अधिवक्ताहरु अघि सरेका छन्। 

जसमा वरिष्ठ अधिवक्ता तथा पूर्व महान्याधिवक्ता रमण श्रेष्ठ, वरिष्ठ अधिवक्ता तथा नेपाल बारका पूर्व अध्यक्ष शेर बहादुर केसी तथा वरिष्ठ अधिवक्ताहरु लवप्रसाद मैनाली, कृष्णप्रसाद सापकोटा, सबिता भण्डारी बराललगायत रहेका छन्। जसमा मैनालीले मात्रै आज बहस गरेका हुन्। 

सरकारको तर्फबाट सह न्यायाधिवक्ता चन्द्रकान्त खनाल, जिल्ला न्यायाधिवक्ताद्वय उमाकान्त पौडेल र हरिप्रसाद रेग्मी तथा सहायक जिल्ला न्यायाधिवक्ता सिर्जना ढकालले बहस गरेका हुन्। 


प्रतिक्रिया दिनुहोस्