ट्याक्सी ड्राइभरको चतुर्‍याईले बेलायती अस्पतालमा ठूलो दुर्घटना टर्यो, आक्रमणकारी आफैँ मरे!

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ४ : ४४


बेलायतको लिभरपुल शहरमा सोमबार एउटा महिला अस्पताल अगाडि ठूलो विस्फोटन भयो। सो विस्फोटनमा बम बोक्ने व्यक्तिको मृत्यु भएको थियो।

बीबीसीका अनुसार विस्फोटनमा ट्याक्सीका चालक डेभिड पेरी भने बाँच्न सफल भए। उनी घाइते भने भएका छन्।

प्रहरीका अनुसार विस्फोटनमा मृत्यु हुने व्यक्तिको नाम इमद अल–स्विमन हो। उनी बम लिएर महिला अस्पताल ‘लिभरपुल वुमन्स हस्पिटल’मा विस्फोटन गराउन पुगेका थिए।

तर ट्याक्सी चालक डेभिडले यस्तो जुक्ति लगाए जसकारण उनले बमसहित ट्याक्सी छिरेका इमदलाई ट्याक्सी बाहिर निस्कन दिएनन्।

अस्पताल अगाडि पुग्ने बित्तिकै चालक आक्रमणकारी यात्रुलाई ट्याक्सीमै बन्द गरेर हतारहतार बाहिर निस्किएका थिए। त्यसपछि नै बम ट्याक्सी भित्रै पड्किँदा बम बोक्ने व्यक्तिको मृत्यु भएको थियो। ट्याक्सी जलेर पूर्ण रुपमा नष्ट भयो।

Liverpool explosion: CCTV shows moment of blast in taxi outside hospital | ITV News

प्रहरीका अनुसार ट्याक्सी चालकले बम बोकेका व्यक्तिको निगरानी गरिरहेका थिए।

उनीसँग बम भएको थाहा भएपछि चालकले आक्रमणकारीलाई ट्याक्सीमै थुनेका हुन्। हाल ट्याक्सी चालक डेभिडको चुनर्याइको यतिबेला विश्वभरबाट प्रशंसा भइरहेको छ।

किनभने अस्पतालमा बम विस्फोट भएको भए दर्जनौ मानिसले ज्यान गुमाउन सक्थे।


प्रतिक्रिया दिनुहोस्