विवाहको पहिलो रात श्रीमतीसँग के गर्नुभयो? भनेर प्रतिप्रश्न गर्ने अभिनेत्री विवादित बनिन्…

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ३ : ५६


भारतको कन्नड फिल्मकी अभिनेत्री रचिता राम एक अभिव्यक्तिका कारण हाल निकै विवादित बनेकी छन्। उनले आफ्नो फिल्म ‘लभ यु रच्चुको प्रमोशन’का दौरान विवादित अभिव्यक्ति दिएकी थिइन्।

जसका कारण उनी ट्रोलको शिकार बन्नुका साथै आलोचित पनि बनेका हुन्। कर्नाटक फिल्म चेम्बर्स अफ कमर्समा आयोजित पत्रकार सम्मेलनमा उनलाई एक पत्रकारले ‘बोल्ड सिन’ गरेकोबारे प्रश्न गरेका थिए।

तर अभिनेत्री रचिताले उल्टै ती पत्रकारलाई प्रश्न तेर्स्याउँदै भनेकी थिइन्,‘विवाहको पहिलो रात तपाइँले श्रीमतीसँग के गर्नुभयो?’ अभिनेत्रीको यो प्रतिप्रश्नपछि पत्रकार हेरेको हेरै भएका थिए।

पछि अभिनेत्री रचिताले नै जवाफ दिँदै भनेकी थिइन्,‘तपाइँलाई होच्याउने मेरो कुनै नियत होइन। पक्कै पनि विवाहपछि सबैले गर्ने रोमान्स नै हो। जुन फिल्ममा देखाइएको छ।’

यही अभिव्यक्तिका कारण आहत कन्नड क्रान्ति पार्टीले आपत्ति जनाएको छ। उक्त अभिव्यक्तिप्रति रचिताले माफी माग्नुपर्ने पार्टीको माग छ।

रचिताको अभिव्यक्ति सँस्कृतिविरुद्ध भएको र राज्यको छबिलाई बिगार्ने भन्दै सार्वजनिकरुपमा माफी माग्न माग गरिएको हो।


प्रतिक्रिया दिनुहोस्