चिसो बढेपछि बाजुरा, हुम्ला र मुगुवासी बेसी झर्न थाले

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ३ : ५२


बाजुरा। बाजुराको उत्तरी क्षेत्र, हुम्ला, र मुगुका स्थानीय चिसोका कारण बेसीतिर झर्न थालेका छन्। हिमाली क्षेत्रमा चिसो बढेपछि स्थानीय परिवारसहित भेडा, च्यांग्रा, गाईबस्तु लिएर औलतिर झरेका छन्।

यहाँका स्थानीयहरू सधैँ हिउँदको समयमा जाँडो छल्न औलतिर लाग्ने गरेका छन्। हिमपातसँगै चिसो बढेपछि कात्तिकको अन्तिम सातादेखि बेसी झर्न लागेको स्थानीय गोलु भोटेले बताएका छन्।

चिसो सुरु भएपछि दुई सातादेखि हिमाली भेगका प्रायःजसो बस्तीहरूमा हिमपात भई जाडो बढ्ने भएपछि बेसीतिर लागेका हुन्।


प्रतिक्रिया दिनुहोस्