पत्रकार रिजालको उपचारार्थ युगबोध परिवारबाट ४२ हजार सहयोग

प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार


काठमाडौं । मुटु रोगका विरामी पत्रकार महेश रिजालको उपचारका लागि नयाँ युगबोध दैनिक परिवारले ४२ हजार रुपैयाँ सहयोग गरेको छ । 

नयाँ युगबोध दैनिकको तर्फबाट २० हजार रुपैयाँ प्रदान गरिएको छ । सो रकम पत्रकार रिजालको नाममा रहेको बैंक अफ काठमाण्डूको खाता नम्बर १८५४०००००७०२५२४ मा पठाइएको छ । त्यस्तै नयाँ युगबोधको सहप्रकाशन समरेखा म्यागेजिनको तर्फबाट ५ हजार सहयोग प्रदान गरिएको सम्पादक लक्ष्मी आचार्यले जानकारी दिइन् ।

यसैगरी पत्रिका परिवारको तर्फबाट १७ हजार रुपैयाँ सहयोग गरिएको छ । प्रकाशक÷सम्पादक रेग्मीले ३ हजार, फोटो पत्रकार कुलदीप न्यौपानेले ५ हजार, नरेन्द्र केसी, जेएन सागर, राधेश्याम गुप्ता, दशरथ घिमिरे र एकराज भण्डारीले १÷१ हजार, मोहनलाल चौधरी, ऋषिराज पोख्रेल, केदारसिंह खत्री, हिरा ओली, गोविन्द खड्का, गिरिराज नेपाली, पङ्कज आचार्य र आभास बुढाथोकीले ५/५ सय रुपैयाँ प्रदान गरेका छन् । उक्त रकम रिजालको बैंक खातामा पठाइएको पत्रिकाका ब्यवस्थापक ऋषिराज पोख्रेलले जानकारी दिए ।

सहयोगका लागि आग्रह
यसैबीच नयाँ युगबोध दैनिकका सम्पादक प्रताप रेग्मीले सहकर्मी पत्रकार महेश रिजालको उपचारका लागि सहयोग गर्न सबै पक्षसँग आग्रह गरेका छन् । सम्पादक रेग्मीले सहयोग गर्न चाहने महानुभावले महेशचन्द्र रिजाललको नाममा बैंक अफ काठमाण्डूमा रहेको खाता नम्बर १८५४०००००२५२४ मा रकम सकिने जानकारी दिएका छन् । त्यस्तै पत्रिकामार्फत सहयोग रकम पठाउन चाहनेले नयाँ युगबोध दैनिकको कार्यालयमा उपलब्ध गराउन सकिने पनि उनले बताए ।
 


प्रतिक्रिया दिनुहोस्