बिजगौरी गाउँमा स्यालको आतङ्क

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  १२ : ५८


चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिका–९ मा पर्ने बिजगौरी गाउँमा गएराति स्यालले टोकेर तीन जना घाइते भएका छन् । राति करिब १० बजे गाउँ छिरेको स्यालले स्थानीयवासी विष्णु घर्तीको घरभित्र पसेर उनको खुट्टामा टोकेको थियो । गाउँलेहरूले लखेटेपछि सुकुम्वा पुनको घरमा पसी पुन र उनको श्रीमती इर्खालाई टोकेको स्थानीयवासी लक्ष्मी पुनले बताए ।

सुकुम्बाको अनुहारमा झम्टिएको इर्खाको हातमा टोकेको बताइएको छ । बौलाहा स्याल हुनसक्ने आशंकामा घाइते तीनै जनाको बुटवलमा उपचार गराइएको वडाध्यक्ष चुरबहादुर खड्काले बताए । शरीरका केही भागमा चोट लागेकाले एम्बुलेन्समार्फत घाइतेको उपचारको लागि बुटवल लगिएको थियो । स्यालले स्थानीवासीको बङ्गुर र बाख्रालाई पनि टोकेकाले उक्त स्याललाई राति नै मारिएको थियो ।


प्रतिक्रिया दिनुहोस्