साझा यातायातको बसमा विप्लव कार्यकर्ताद्वारा तोडफोड

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  १२ : ३१


काठमाडौं। नेपाल बन्दको दिन बस चलाएको भन्दै विप्लव कार्यकर्ताले ललितपुरमा साझा यातायातको एक बसमा तोडफोड गरेका छन्।

ललितपुरको ईट्टीचोक महायन पेट्रोल पम्प अगाडि आज बिहान साढे ८ बजे ढुंगा हानेर बस तोडफोड भएको प्रहरीले जनाएको छ।

रत्नपार्क-लुभू-लामाटारको रूटमा चल्ने बा ५ ख ८७५५ नम्बरको बसमा क्षति पुगेको हो। बसको अगाडिको सीसामा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ।

बस तोडफोड गराउन खोज्ने केहीलाई प्रहरीले पक्राउ गरेको छ।

-फाइल फोटो


प्रतिक्रिया दिनुहोस्