विवाह बन्धनमा बाँधिदै अभिनेत्री काजल अग्रवाल

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  १० : २८


एजेन्सी । बलिउड तथा साउथ इण्डियन फिल्मकी अभिनेत्री काजल अग्रवाल विवाह बन्धनमा बाँधिने भएकी छिन्।  

भारतीय मिडिया पिंकविलाको एक रिर्पोट अनुसार उनले आउँदो वर्ष विवाह गर्ने छिन्।  मिडियामा विवाहको खबर काजल आफैले दिएकी हुन्। उनको जीवन साथी उनका परिवारले खोजिदिएका हुन्। उनका हुनेवाला पति एक ब्यापारी भएको समाचारमा उल्लेख गरिएको छ।  

पछिल्लो समय उनी आफ्ना आगामी फिल्मको छायांकनमा व्यस्त छिन्। फिल्मको छायांकन सकिएपछि उनले विवाहको तयारी थाल्नेछिन्। 

यसअघि आफू एक व्यक्तिको प्रेममा भएको र फिल्मको व्यस्तताका कारण समय दिन नसक्दा अलग हुनु परेको उनले बताएकी छिन्। हाल उनी इण्डियन २ फिल्मको छायांकनमा व्यस्त छिन्। 

साउथ इण्डिनदेखि बलिउडसम्म राज गरेकी काजल निकै चर्चित अभिनेत्रीका रुपमा परिचित छिन्। उनले अभिनय गरेका थुप्रै फिल्म निकै चर्चित छन्।  


प्रतिक्रिया दिनुहोस्