दाङमा झाँडु लाउँदै सडकमा पेन्टिङ गरेर विप्लव कार्यकर्ताद्वारा बन्द

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  १२ : ०१


नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा मंगलबार गरेको बन्दको क्रममा दाङमा नेकपाका कार्यकर्ताहरूले फरक र नयाँ शैली अपनाएका छन।

सडकका देखिएका बन्दकर्ताहरू सडक सरसफाइ र ट्राफिक चिन्नहरूको व्यवस्थापनमा लागेका छन्। बन्दकर्ताहरूले आफैँ कुचो समाएर सडक सभा गर्नेदेखि जेब्रा क्रसिङ निर्माण र रङ रोगनसम्मको काम गरेका छन।

राजनीतिक कार्यकर्ताहरू अराजक मात्र हुन्छन भन्ने सोचलाई कम गराउन र समाजमा रचनाताम्क काम गरेर पनि विरोध गर्न सकिन्छ भन्ने देखाउन यस्तो काम गरिएको हेमन्त प्रकास वलीले बताए।

‘सबै साथीहरूले नयाँ र रचनात्मक काम गरौँ भनेर प्रयास गरेका हौँ’, उनले भने, ‘मूल्य वृद्धिको विरोधमा बन्द भए पनि त्यसलाई सदुपयोग गरेर रचनात्मक बनाएका छौँ।’ बन्दको समयमा यस्तो गरेमा नियमित अवस्थाको भन्दा राम्रो हुने र सडक खाली भएको बेला गरिएको पेन्टसमेत दीर्घकालीन हुने विश्वास आफूहरूले लिएको उनले बताए।


प्रतिक्रिया दिनुहोस्