मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ९ : ५९


काठमाडौं । आइतबार बिहान मन्त्रिपरिषद बैठकको अध्यक्षता गर्नु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि बेठक बोलाउनु भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार विहान बसेको  बैठकले नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा भगवान कोइरालालाई नियुक्त गर्ने लगायतका निर्णय गरेको थियो ।

फेरि प्रधानमन्त्रीले साँझ पाँच बजेका लागि बैठक बोलाउँनु भएको हो । उक्त बैठकका एजेण्डाबारे कुनै जानकारी दिइएको छैन् ।

प्रधानमन्त्रीको स्वास्थ्यमा केही दिनयता समस्या आएको छ । 
शनिवार नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको आफ्नो स्वास्थ्य अवस्थाका गम्भीर बनेपछि अस्पताल गएको ब्रिफिङ गर्नु भएको थियो ।

चिकित्सकले प्रधानमन्त्री ओलीलाई हप्तामा ३ पटक डायलाइसिस गर्नु पर्ने अथवा मृगौंला फेर्नुपर्ने सुझाव दिएका छन्।


प्रतिक्रिया दिनुहोस्