नेपाल बन्दः विप्लव नेकपाका २ केन्द्रीय नेता सहित सय बढी कार्यकर्ता पक्राउ

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ११ : ०८


काठमाडौं । नेपाल बन्दको कार्यक्रम सफल पार्न सडकमा निस्किएका विप्लव नेकपाका नेता कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज मोहलाल चन्द आधार सहित १३ कार्यकर्ता पक्राउ परेका छन्। नेकपाको युवा संगठन नेपालकी महासचिव विदुषी सहित केहि कार्यकर्ता काठमाडौंबाट पक्राउ परेका छन्।

यस्तै, नेपाल बन्दको क्रममा सिन्धुलीबाट नेपाल कम्युनिस्ट पार्टीका २६ जना नेता कार्यकर्ता प्रकाउ परेका छन्।

पक्राउ पर्नेहरूमा नेकपाका सिन्धुली सेक्रेटरी गोपाल ब्लोन, विशेष कमिटीका सदस्य शशि राई, युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य तेज लामा, अखिल(क्रान्तिकारी) का केन्द्रीय सदस्य मिम ऐडि लगायत २६ जना छन्।

उता रुकुममा पनि प्रहरीले नेकपाका १३ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नरूमा नेकपाका जिल्ला सचिवालय सदस्य मोतिराम खड्का, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य मोतिराम खड्का, अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष सोमपाल कामी, लगायत छन् ।

देशभरबाट प्रहरीले विप्लवका १ सय बढी कार्यकर्तालाई नियन्त्रणमा लिएको हो।


प्रतिक्रिया दिनुहोस्