पानी माग्न झुपडीमा पसे अक्षयकुमार, ​​गुड़को रोटी खाएर फर्के

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  १० : १५


काठमाडाैं । “आज बिहानको पैदलयात्रामा सानी निताराले ठुलो पाठ सिकिन् । हामी पानीको खोजीमा एउटा वृद्ध व्यक्तिको घरमा गएका थियौं । तर उनीहरुले हामीलाई धेरै स्वादिलो ​​गुड़को रोटी बनाएर खुवाए । साँच्चै दयालु हुनुमा केही खर्च छैन, तर हामीले धेरै प्राप्त गर्न सक्छौं ।’ बलिउड अभिनेता अक्षय कुमारले सामाजिक सञ्जालमा लेखेको अंश हो यो ।

उनले छोरी नितारासहित मर्निङ वाकका केही तस्विरहरु सार्वजनिक गर्दै एक झुपडीमा पानी माग्न पुगेको जनाएका हुन् । आफ्नी छोरीले यसबाट ठुलो जीवनको पाठ सिकेको अक्षयले बताएका छन् । अक्षय हाल आफ्नो परिवारसँग महाराष्ट्रको शिलीम गाउँमा छुट्टी मर्नाइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्