सिमेन्टको मूल्य घट्यो

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडाैं । नेपाल सरकारको स्वामित्वमा रहेको देशको सबैभन्दा ठूलो सिमेन्ट उद्योगका रूपमा सञ्चालन हुँदै आएको उदयपुर जिल्लाको गाईघाट जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैंडा छाप सिमेन्टको मूल्य घटेको छ ।

देशमा उत्पादित अन्य सिमेन्टहरुको मूल्य घट्दै गइरहेको बेला अन्य सिमेन्टको मूल्यसँग प्रतिस्पर्धा गर्न उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैंडाछाप सिमेन्टको मूल्य प्रतिबोरा रु २५ का दरले घटाइएको उद्योग प्रशासनले बताएको छ । यसअघि गैंडाछाप सिमेन्टको मूल्य प्रतिबोरा रु ८०३ रहँदै आएकामा तीन दिनअघि गैंडाछाप सिमेन्टको मूल्य रु २५ घटाएर प्रतिबोरा रु ७७८ निर्धारण गरिएको उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साहले बताउनुभयाे ।

गैंडाछाप सिमेन्टको मूल्य घटाउना साथ अहिले बिक्री दोब्बरले वृद्धि भएको पनि उद्योग प्रशासनले बताएको छ । दैनिक चार–पाँच हजार बोरासम्म मात्र बिक्री भइरहेको गैंडाछाप सिमेन्टको मूल्य घटाउना साथ अहिले दैनिक १० हजार बोरादेखि १२ हज्जार बोरा बिक्री हुन थालेको बताइएकाे छ ।


प्रतिक्रिया दिनुहोस्