अन्योलको भुमरीमा नेपाली फुटबलको मेरुदण्ड

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ८ : २१


काठमाडौं/रमेश सुवेदी: जब शीर्ष डिभिजनको लिग सुरु हुन्छ, तब एकै पटक देशको फुटबलका सबै पक्ष चलायमान हुन्छन्। नेपालमा पनि केही दिनमा शहीद स्मारक ए डिभिजन लिग सुरु हुँदै छ। स्वाभाविक रूपमा राष्ट्रिय फुटबलको मेरुदण्ड मानिने लिग सुरु हुन लाग्दा नेपाली फुटबल तरंगित छ।

३ मंसिरबदेखि सुरु हुने लिगका अधिकांश खेलहरू ‘फ्लड लाइट’मा खेलाउने अखिल नेपाल फुटबल संघको तयारी छ। दशरथ रंगशाला र सातदोबाटोको एन्फा कम्प्लेक्समा लिग गराउने पक्का भइसकेको छ। यसका साथै च्यासलको मैदान र पोखरा रंगशालामा पनि केही खेल लैजाने प्रयास भइरहेको छ। यसपालि लिगको अर्को नयाँ पक्ष भनेको प्रतियोगिताका खेलहरू सातामा तीन दिन शुक्रबार, शनिबार र आइतबार मात्र गराइने भएको छ।

नेपालमा जति पनि लिग भए, ती जहिले पनि चर्चामै रहे । चर्चा हुनु पनि पर्छ । चर्चा किन भए भन्दा जहिले पनि नयाँनयाँ ढाँचामा लिग हुँदै आए । जहिले पनि लिगलाई परीक्षणका रूपमा लिइँदै आइयो । एक प्रकारले लिगमा बढी प्रयोग भयो । प्रयोग वा परीक्षण जस्ता सकारात्मक सुनिने शब्द प्रयोग गरे पनि खासमा चाहिँ नेपाली लिगमा अहिलेसम्म भएको भनेको मनपरी हो ।

नेपाली फुटबलका एक जानकार भन्छन्, ‘नेतृत्वलाई जे लाग्यो त्यही, जे सजिलो भयो त्यही । नेतृत्वको लहडभन्दा माथि लिग कहिल्यै उठ्न सकेन ।’

साँच्चै लिगको इतिहास पल्टाउने हो भने उनको भनाइ मान्न कर लाग्छ । कहिले रेलिगेसन नै नहुने, कहिले दुई टिम रेलिगेसनमा पर्ने, कहिले एक टिम रेलिगेसन पर्ने, कहिले सिंगल राउण्ड रोबिन त केहिले डबल राउण्ड रोबिन । यति मात्र होइन, लिगलाई समूहमा समेत खेलाइएका स्मरण पनि छन् ।

तर, त्यस्तो ढाँचामा भएका लिग अहिलेका पुस्तालाई कमै याद छ । जे भने पनि त्यो एउटा इतिहास हो । नेपालमा २०११ सालमा लिग सुरु भएको मानिन्छ तर त्यसका कथा भेटिन भने गाह्रो छ ।

फुटबल र लिगका ज्ञाताहरूसँग बुझ्ने हो भने नेपाली लिग २०११ सालदेखि सुरु भए पनि २०३२ सालयताका मात्र कथाहरू भेटिएका छन् । लिगले त्यसपछि मात्र निरन्तरता पायो ।

यो सबै किन भन्दा लिगको एकरूपता नहुनु । यसका कारण लिग मनपरीतन्त्रमै सीमित रह्यो । ‘सुरु गर्‍यो, सक्यो’ यही नेपाली फुटबलको मेरुदण्डको नियति बन्न पुग्यो । हो, साँच्चै परीक्षण वा प्रयोग गरिएको हुन्थ्यो भने प्रत्येक संस्करणका प्रतिवेदनहरू सार्वजनिक हुन्थे । यस कारण यो ढाँचा उपयुक्त भएन, अब अर्को प्रयोग गरौँ भन्ने प्रस्ताव सार्वजनिक रूपमा गरिन्थ्यो अनि मात्र नयाँ ढाँचामा पाइला राखिन्थ्यो । तर, यहाँ त्यस्तो भएको कसैलाई जानकारी छैन । त्यसैले पनि यसलाई परीक्षण र प्रयोगको जामा पहिर्‍याउन दिइनुहुँदैन ।

नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ ९एन्फा०ले लिग आयोजना गर्न लिग कमिटी नै बनाएको छ ।

कमिटीले लिग आयोजना त गराउँछ तर लिग मात्र सक्नका लागि गरिन्छ । लिगलाई दीर्घकालीन रूपमा सोचेर न कमिटीले काम गरेको छ, न त एन्फाले नै त्यसलाई अगाडि बढाउन मार्ग बनाएको छ ।

लिगकै कारण जुनसुकै देशको फुटबल माथिल्लो स्तरमा पुग्छ र खेलाडीको वृत्ति विकास हुन्छ । तर, नेपालमा रु

‘यो साह्रै दुस्खको कुरा हो । हाम्रोमा लिगका जानकार भन्नेहरूले फुटबलको राजनीति गरे । त्यसले गर्दा लिगले धेरै रूप पायो । हाम्रोमा फुटबलको विषयमा कसैले पनि रिसर्च गर्नै चाहेन । लिग गर्न एकै पटक ठूलो काम गर्छु भन्नै पर्दैन, जुन हाम्रोमा हुन सकेन,’ पूर्व राष्ट्रिय खेलाडी तथा हाल विभागीय टोली एपीएफ फुटबल क्लबका प्रशिक्षक कुमार थापा भन्छन् ।

‘हाम्रोमा काम भन्दा भाषण ठूलो भयो । एन्फाले राजनीतिक नियुक्तिका भरमा लिग कमिटीमा मान्छे ल्याउँछ । उनीहरूले अनि के गरून् रु उनीहरूले लिग गर्नका लागि मात्र गर्छन् । लिग राम्रो गराउन एन्फाले सबै हेर्ने होइन, लिग कमिटीले लिग कसरी गर्ने, कसरी लैजाने निर्णय गर्न सक्नुपर्छ । लिग कमिटीसँग भिजन हुनुपर्छ । यो कमिटीका मान्छेसँग छैन । मान्छेले फुटबलको इतिहास जानेको भरमा कमिटीमा टिकेर बसेका छन्,’ कीर्तिमानी आठ पटक लिग उपाधि विजेता मनाङ(मर्स्याङ्दी क्लबको स्वर्णकालका कप्तान थापा भन्छन् ।

यता, लिग निर्देशक संजिव मिश्र भने संघमा स्थायित्व नहुनु, लिग देशव्यापी रूपमा नहुनु र क्लबहरूमा समेत निरन्तर लिग खेल्नुपर्ने संस्कार नभएका कारण नेपाली लिगमा बढी प्रयोग हुने र त्यो भइरहने बताउँछन् ।

‘नेपालमा लिग बढी हुनुको कारण भनेकै संघ ९एन्फा०मा स्थायित्व नहुनु हो । संघमा आएपछि जसले पनि आफूअनुकूलको लिग गर्न थाले । क्लबमा पनि लिगको संस्कार बसेन । लिग काठमाडौंमै खेल्नुपर्छ भन्ने भयो । फुटबलमा जबसम्म यो हाम्रालागि उत्तम भनेर पाउँदैनौँ, त्यो बेलासम्म प्रयोग हुनु नौलो होइन, त्यो भइरहन्छ ।’


प्रतिक्रिया दिनुहोस्