चीनको खतरापछि भारतले धमाधम रुसबाट क्षेप्यास्त्र प्रणाली खरिद गर्दै, अमेरिका रिसायो

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ६ : ०३


चिनियाँ खतरा मध्यनजर गर्दै भारतले धमाधम रुसबाट वायु रक्षा क्षेप्यास्त्र प्रणाली एस–४०० खरिद गरिरहेको छ।

सम्झौता अनुसार रुसले पनि भारतलाई शक्तिशाली क्षेप्यास्त्र प्रणाली एस–४०० आपूर्ति गर्न थालेको छ। तर यो कार्यबाट अमेरिका भने रिसाएको छ।

भारत र चीनबीच गतवर्ष यता सीमा विवाद जारी छ। गतिरोध जारी रहँदा चीनले शक्तिशाली क्षेप्यास्त्रहरु तिब्बतको सीमा क्षेत्रमा तैनाथ गरेको खबरबीच भारतले रुसबाट चीनलाई काउन्टर दिन क्षेप्यास्त्र प्रणाली खरिद गरिरहेको हो।

तर वायु रक्षा क्षेप्यास्त्र प्रणालीको आपूर्ति सुरु भएसँगै भारतसँग अमेरिका रिसाएको छ। रुसबाट हतियार किनैकै कारण अमेरिकाले भारतलाई प्रतिबन्ध लगाउनसक्छ।

सामान्य अर्थमा रुस अमेरिकाको प्रतिद्वन्द्वी राष्ट्र हो र सन् २०१७ मा अमेरिकाले विश्वलाई रूसको हतियार किन्नमा रोक लगाउनको लागि कानून बनाएको थियो।

जसका कारण भारत अमेरिकाको मित्र राष्ट्र नै भएता पनि अमेरिकाले भारतलाई विभिन्न विषयमा प्रतिबन्ध लगाउन सक्छ।


प्रतिक्रिया दिनुहोस्