कपिल शर्मालाई अभिनेत्री भूमिले ‘शो’मै प्रेम प्रस्ताव राखेपछि…

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ८ : ५५


एजेन्सी । 'द कपिल शर्मा शो' मा आयुष्मान खुराना, यामी गौतम र भूमी पेडनेकरजस्ता कलाकारको इन्ट्री भयो। यी सबै कलाकार आफ्नो फिल्मको प्रमोशनका लागि शोमा पुगेका थिए। 

शो का क्रममा कपिलले कलाकारसँग निकै मजाक गरे। उनले आफ्नो अनुमानमा भूमीसँग विभिन्न प्रश्न गरे र भूमीले त्यसको जवाफ दिइन्। 

तिमी आफ्ना लागि कस्तो पार्टनर चाहन्छौँ भन्ने भन्ने कपिलको प्रश्नमा भूमीले आफ्ना सबै कमजोरीको स्वीकार गर्ने पार्टन चाहिएको जवाफ दिइन्। त्यतिमात्र हैन भूमीले भनिन्, मलाई लाग्छ की कपिल तिमीले मेरो कमजोरी अप्नाउन सक्छौँ। 

भूमीको जवाफमा कपिलले भने, म तिम्रो कुरा मान्न सक्थे तर अब मेरो विवाह भइसकेको छ।  


प्रतिक्रिया दिनुहोस्