आन्दोलनरत कानुन व्यवसायीलाई बन्दमा विप्लव समूहले गाडी चलाउन दिने

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ५ : ४३


काठमाडौं। विप्लव नेतृत्वको नेपाल कम्युनस्ट पार्टीले मंगलबार ‘नेपाल बन्द’को आवह्वान गरेको छ

पेट्रोलियम, खाद्यान्नलगायत सामानमा सरकारले मूल्यवृद्धि गरेको विरोधमा भोलि मङ्गलबारका लागि बन्द आह्वान गरिएको सो पार्टीले जनाएको छ।

नेकपाका अनुसार बन्दका क्रममा प्रेस, एम्बुलेन्सलगायत अस्पतालसम्बन्धी, आन्दोलन जारी रहेका कारण कानुनव्यवसायीले प्रयोग गरेका गाडी, कूटनीतिक नियोग र फोहोर बोक्ने गाडी चल्न दिइने छन्।

यसै क्रममा नेकपाले नेपाल बन्दको पूर्वसन्ध्यामा पूर्वघोषित कार्यक्रमअनुसार आज सिटी जुलुस निकालेको छ।

काठमाडौँमा आयोजित सिटी जुलुस सुन्धाराबाट सुरु भएर जुद्धसडक, खिचापोखरी, असन हुँदै रत्नपार्कमा कोणसभामा परिणत भएको थियो।

सभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य अनिल शर्माले देउवा नेतृत्वको सरकारले जनताले उपयोग गर्ने हरेक सामानको मूल्यवृद्धि गरेर विद्रोह गर्न बाध्य पारेको बताए।

उनले आज साँझको मसाल जुलुस र भोलि मङ्गलबारको नेपाल बन्द सफल पार्न आह्वान गरे ।


प्रतिक्रिया दिनुहोस्