३८ करोड इन्स्योरेन्सको लोभमा रेलको लिकमा बसेर खुट्टा कटाए, अहिले आपत् आइलाग्यो…

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ५ : ३४


हंगेरीका एक व्यक्तिले नेपाली ३८ करोड रुपैयाँ बराबरको इन्स्योरेन्स दाबी गर्न रेलअघि बसेर आफ्नै खुट्टा कटाएका थिए।

तर यतिबेला आफूले गरेको सोही धुर्त काम उनको लागि गलाको पासो बनेको छ। इन्स्योरेन्स दाबी गर्न गरिएको सो कार्यको नालिबेली थाहा पाएपछि यतिबेला अदालतले उल्टै उनलाई जरिवाना तिराएको छ।

इन्डिया टाइम्सकाअनुसार स्यान्डोर नाम गरेका ५४ वर्षीय व्यक्तिले सन् २०१४ मा रेलको लिकमा बसेर आफ्नै खुट्टा जानाजान कटाएका थिए।

अनुसन्धानमा उनले हंगेरीको निरकसजारी गाउँमा रेलको लिगमा राखेर आफ्नो दुवै खुट्टा कटाएको खुलेको हो।

यो घटनापछि उनले इन्स्योरेन्स दाबी गर्दै आवेदन दिएका थिए। तर, कम्पनीले उनीमाथि शंका गर्‍यो किनकी सोही वर्ष उनले १४ उच्च जोखिमको पोलिसी लिएर इन्स्योरेन्स गराएका थिए।

पछि यो मुद्दा अदालतसम्म पुग्यो। रेलअघि बसेर दुवै खुट्टा गुमाएर स्यान्डोरले बचत खातामा राख्नुभन्दा इन्स्योरेन्समा पैसा राख्दा राम्रो हुने सल्लाह पाएकाले इन्स्योरेन्स गराएको दाबी गरेका थिए।

यद्यपि सात वर्षको अनुसन्धान र साक्षीसँगको सोधपुछमा उनले जानाजान आफूलाई चोट पुर्‍याएको निष्कर्ष निस्केको हो।

अदालतले स्यान्डोरलाई दुई वर्षको जुेल र झण्डै साढे सात लाख नेपाली रुपैयाँ बराबरको कानुनी प्रक्रियाको खर्चसमेत भुक्तानी गर्न आदेश दिएको छ।


प्रतिक्रिया दिनुहोस्