गुठीको जग्गाको विवरण सबैले देख्नेगरी तत्काल रेकर्ड राख्न मन्त्रीको निर्देशन

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ८ : ४४


काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पदमा अर्यालले मातहतका सबै जग्गाको रेकर्ड तत्काल चुस्तदुरुस्त बनाउन गुठी संस्थानलाई कडा निर्देशन दिनुभएकाे छ ।
गुठी संस्थानको ५६ औं वार्षिकोत्सव समारोहमा उनले जनताको भावनासँग प्रत्यक्ष रुपमा जोडिएको गुठीको जग्गाको विवरण सबैले देख्नेगरी तत्काल रेकर्ड राख्न संस्थानलाई निर्देशन दिनुभएकाे हाे । 

मन्त्री अर्यालले गुठीको जग्गामाथि चलखेल हुने गरेकाले त्यसको सत्यतथ्य बाहिर ल्याउन पनि गुठी संस्थानको नेतृत्वलाई सचेत गराउनुभएकाे छ । संस्थानसँग अतिक्रमित जग्गाको समेत एकीन तथ्यांक नहुनु दुःखको कुरा भएको उहाँको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस्