सयजना भन्दा बढी जम्मा भएकाे घरमा गोली चल्याे, ५ जनाको मृत्यु

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ८ : ४३


काठमाडौं । क्यालिफोर्नियामा कम्पनीले भाडामा लिएको घर गोली चल्दा ५ जनाको मृत्यु भएको छ । पार्टी आयोजक तथा त्यसमा सहभागी हुने पाहुनाबाट हुन सक्ने अपमानजनक तथा अपराधजन्य घटनाबाट मुक्ति पाउनका लागि यस्तो निर्णय लिइएको कम्पनीले जनाएको छ ।

सन फ्रान्सिस्को नजिकै ओरिन्डा बजारमा रहेको घरमा भएको अन्धाधुन्ध गोली प्रहारमा तीनजनाको घटनास्थलमै र दुईजनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । हलोविनको अवसर पारेर शुक्रबार आयोजना भएको सो हाउस पार्टीमा सुरुमा थोरै मानिस थिए ।

पछि मानिसहरु थपिँदै गएर एक सयजना भन्दा बढी पुगेका थिए । आयोजकले पार्टीका लागि स्वीकृति लिएका थिएनन् ।पार्टी चलिरहेकै क्रममा अन्धाधुन्ध गोली चल्दा पाँचजनाको मृत्यु भएको हो र मृत्यु हुने सबै ३० वर्ष भन्दा मुनिका छन् ।


प्रतिक्रिया दिनुहोस्