पूर्व सभामुख महराको फैसला आज, जेल जाने सम्भावना कति ?

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ८ : ४३


काठमाडाैं । काठमाडाैं जिल्ला अदालतमा पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध जबरजस्ती करणी उद्योगमा थुुनछेक बहस शुरु भएको छ । जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको बन्द इजलासमा थुुनछेक बयान शुरु भएको उक्त अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिनुभयो ।

बहस सकिएपछि उहाँलाई कारागारमै राखिने वा धरौटीमा रिहा गरिने भन्ने आदेश जारी हुने बताइएको छ । काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्ध मुलुकी अपराधसंहिता, २०७४ को दर्ता दफा ३४(३) बमोजिम जबरजस्ती करणी उद्योगको आरोप लगाउँदै गत बिहीबार मुद्दा दर्ता गरेको थियो ।

संसद् सचिवालयका एक महिला कर्मचारीमाथि भएको सो अभियोगमा गत असोज १९ गते काठमाडौँ जिल्ला अदालतले महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।


प्रतिक्रिया दिनुहोस्