ट्रम्पले वासिङटनको होटल बेच्ने, नयाँ मालिकले होटलबाट ट्रम्पको नाम हटाउने

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ४ : १६


अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कम्पनी दी ट्रम्प अर्गनाइजेसनले आफ्नो वासिङटनस्थित होटल बेच्ने पक्का भएको छ।

सीएनएनका अनुसार चुनावी अभियानका क्रममा होटलले लाखौं डलर गुमाएपछि अर्गनाइजेसनले करिब ३७५ मिलियन अमेरिकी डलर लिजमा होटल सिजिआइ मर्चेन्ट ग्रुपलाई बेच्ने भएको हो।

ट्रम्पको चुनावी अभियानमा सो होटेलले ७० मिलियन डलरभन्दा बढि रकम गुमाएको थियो। नयाँ समूहले ट्रम्पको होटल खरिद गर्ने भएपछि सो होटलबाट ट्रम्पको नामहरु हटाउने चर्चा चलेको छ।

‘दी ट्रम्प इन्टरनेसनल होटल’ नाम राखिएको सो होटेलको नयाँ नाम वाल्डोर्फ एस्टोरिया राखिने र सो होटेल हिल्टोन ग्रुपले व्यवस्थापनको जिम्मा लिने रिपोर्टमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस्