इन्धनको भाउ घटाउन तयार भएन निगम, विद्यार्थीहरुसँगको वार्ता असफल

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ३ : ३९


काठमाडौं। नेपाल आयल निमगले तत्काल इन्धनको मूल्यमा गरिएको मूल्यवृद्धि फिर्ता लिन इन्कार गरेको छ।

उद्योग तथा वाणिज्य मन्त्रालयमा आज आन्दोलनरत संयुक्त विद्यार्थी संगठनका नेताहरु र निगमका पदाधिकारीहरुबीच वार्ता भएको थियो।

निगमका अधिकारीहरुले अहिलेको अवस्थामा पनि आयल निगम घाटामै रहेको भन्दै मूल्यवृद्धि फिर्ता नलिने बताएका छन्।

आयल निगमले मुल्यवृद्धि फिर्ता नलिएपछि संयुक्त विद्यार्थी संगठनहरुले पनि आन्दोलनका कार्यक्रम फिर्ता नलिने भएका छन्।

निगमले पछिल्लो समय गरिएको मूल्यवृद्धि पछि पनि निगमलाई मासिक ५ अर्ब २० करोड रुपैयाँ घाटा हुने अवस्था रहेकाले मूल्य घटाउन नसिकने बताएको हो।

वार्तामा वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले घाटा मिलानको लागि आफूले प्रधानमन्त्री र मुख्य सचिवसँग कुरा गर्ने र सकारात्मक जवाफ आए मूल्य घटाउन सकिने बताएका थिए।


प्रतिक्रिया दिनुहोस्