सुनकोशी बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो (अपडेट)

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ८ : २५


काठमाडौं । दोलखाबाट काठमाडौं तर्फ आइरहेको बस सिन्धुपाल्चोकको सुकुटेमा दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ । 

बा २ ख  ७२४५ नंको बस सुनकोशी नदीमा खसेको  हो । उक्त बसमा ४० बढी यात्रु सवार थिए ।

क्षमता भन्दा बढी यात्रु रहेकाले दुर्घटना भएको हुन सक्ने प्रारम्भीक अनुमान गरिएको छ । 

चौतारा साँगाचोकगढी नगरपालिका–९ सुकेटेस्थित अरनीको राजमार्गबाट दिउँसो सवा एक बजे बस खसेको हो । अहिले उद्धार कार्य चलिरहेको छ ।

प्रत्यक्षदर्शीका अनुासार नदीले धेरै यात्रुलाई बगाएको छ । मृतकको संख्या बढ्न सक्ने बताइएको छ । 

१५ जना घाइतेलाई उद्धार गरेर धुलिखेल अस्पताल पठाइएको छ । 

विस्तृत विवरण आउँन बाँकी छ। 


प्रतिक्रिया दिनुहोस्