कप्तान मल्ल सहित ४ खेलाडीलाई क्यानले सोध्यो स्पष्टिकरण

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ३ : २९


काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई स्पष्टिकरण सोधेको छ।

कप्तान ज्ञानेन्द्रसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई स्पष्टिकरण सोधिएको हो।

खेलाडी बर्गीकरणका विषयमा कप्तान ज्ञानेन्द्रसहित चार जनाले एक अनलाइन सञ्चार माध्यममा भिडियो अन्तवार्ता दिएर असन्तुष्टि जनाएका थिए। उनीहरुले अभिभावक संस्था क्यानले विभेद गरेको आरोप लगाएका थिए।

त्यही विषयलाई विषयलाई कारण देखाउँदै क्यानले खेलाडीलाई स्पष्टिकरण सोधेको हो।


प्रतिक्रिया दिनुहोस्