नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा भगवान कोइराला नियुक्त

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ८ : १७


काठमाडौं । सरकारले डाक्टर भगवान कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको छ ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोइरालालाई अध्यक्ष बनाउँने निर्णय गरेको हो ।  

मुटु रोग विशेषज्ञ डाक्टर कोइराला यसअघि त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक र शहीद गंगालाल हृदय रोग केन्द्रका निर्देशक थिए।

शिक्षा मन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको समितिले कोइरालाको नाम त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि सिफारिस गरेको थियो।

कोइरालाको नियुक्तीबारे आज निर्णयभएपनि यो निर्णय बिहीबारक पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्