इरानमा जनसंख्या वृद्धि कानुनः बच्चा जन्माको जन्माई गर्नुपर्ने भएपछि महिलाहरु रुष्ट

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  २ : ३८


इरानले जनसंख्या वृद्धि सम्बन्धी एउटा विवादस्पद कानुन ल्याएपछि त्यो इरानकै महिला र अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरुबाट आलोचित बनेको छ।

देशको जनसंख्या वृद्धि गर्ने लक्ष्यका साथ त्यहाँको सरकारले जनसंख्या वृद्धि कानुन ल्याएको हो। यो कानुनअनुसार महिलाहरुले चाहेभन्दा बढी बच्चा उनीहरुले जन्माउनुपर्नेछ।

यो कानुन महिला अधिकार र महिलाको प्रजनन् हक विपरित भएको मानवअधिकार संगठन ह्युन राइट्स वाचले जनाएको छ। यो कानुन सरासर महिला अधिकारविरुद्ध भएको वाचले उल्लेख गरेको छ।

नोभेम्बर एक यता सुरा जार्जियन नामक राष्ट्रिय निकायले यो कानुन ल्याएको हो। वाचले यो कानुन तत्काल हटाउन माग गरेको छ।

यो कानुनअनुसार महिलाले गर्भनिरोधक औषधि प्रयोग गर्न पाउने छैनन्। गर्भपतन गरेको पाइएमा महिला र उनका श्रीमानलाई नै कारवाही हुनेछ।

तर महिलालाई स्वस्थ राख्न, रोजगार दिन सरकारले नयाँ कदमहरु भने चाल्ने जनाइएको छ।

कानुन राजपत्रमा प्रकाशित गर्न बाँकी रहेको छ। महिलाले कति बच्चा जन्माउनुपर्छ भन्ने बारेमा बिस्तारै थाहा हुनेछ। एएफपी


प्रतिक्रिया दिनुहोस्