भारतीय प्रहरीद्वारा मारिए शीर्ष नेतासहित २६ माओवादी लडाकू

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  २ : १४


भारतको महाराष्ट्रमा शनिबार एक शीर्ष माओवादी नेतासहित २६ लडाकू प्रहरीको कारवाहीमा मारिएका छन्।

प्रहरीले थापेको एम्बुसमा माओवादीहरु परेको सीएनएनले जनाएको छ। आइतबार सरकारी अधिकारीले दिएको जानकारी अनुसार शनिबार माओवादी लडाकूहरु मारिएका हुन्।

नक्साल भनेर चिनिने भूमिगत माओवादी लडाकूले सो क्षेत्रमा आतंकवादलाई प्रश्रय दिँदै आएका थिए।

माओवादीको आक्रमणमा धेरै सेना तथा प्रहरी महाराष्ट्रमा मरिसकेका छन्। प्रहरीले पनि माओवादी शैली अपनाएर एम्बुस थाप्दा माओवादी लडाकूहरुको मृत्यु भएको बताइएको छ।

माओवादी लडाकूले आफूहरुले गरिब तथा उत्पिडितको अधिकारको लागि सरकारसँग लडिरहेको बताउने गरेका छन्। तर माओवादीका कारण सर्वसाधारण आजित भएको बताइन्छ।

महाराष्ट्रका गृहमन्त्री दिलिप भाल्से पाटिल भन्छन्,‘२६ नक्साल जमसम्ये ६ महिला पनि मारिएका छन्। उनीहरु गादचिरोली जिल्लामा मारिएका हुन्।’


प्रतिक्रिया दिनुहोस्