खसी माग्ने प्रहरीमाथि विभागीय कारवाही गर्न काँग्रेसको माग

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ८ : ००


काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेका प्रहरी नायव उपरीक्ष हेमबहादुर शाहीमाथि विभागीय कारवाही गर्न माग गरेका छन् ।

प्रवक्ता शर्माले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो माग गरेका हुन् ।

शुक्रवार प्रहरीले कांग्रेस निकटको युवा संगठन नेपाल तरुण दलका नेपालगञ्ज नगर अध्यक्ष सन्दीपजंग शाहसहित पाँच जनालाई लोड गरिएको पेस्तोलसहित नियन्त्रणमा लिएको जनाएको थियो ।

उनलाई षडयन्त्रपूर्वक पक्राउ गरिएको भन्दै तरुण दलले आपत्ती जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्