देशका विभिन्न ठाँउमा शंकास्पद बस्तु फेला

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ७ : ४६


कास्की । पोखरामा बम जस्तै देखिने शंकास्पद वस्तु भेटिएको छ ।

पोखरा महानगर पालिका २९ तालचोक नजिक र पोखरा एयरपोर्ट नजिक शकास्पद बस्तु फेला परेको प्राप्त सुचना आएको छ ।

उक्त वस्तुलाई डिस्पोज गर्नका लागि नेपाली सेनाको डिस्पोजल टोली घटनास्थल पुगिसकेको छ ।

यस्तै, गोर्खा आँबुखैरनी सडकखण्डमा पर्ने बडेखोला नजिकै बिच सडकमै पनि खतरा लेखिएको शंकास्पद बस्तु भेटिएको छ ।

आफ्ना नेता पक्राउको विारेधमा विप्लव समूहले आज देशभर एकघण्टे चक्काजामको आव्हवान गरेको थियो । 

त्यस्ता संकास्पद बस्तु पनि ‘विप्लव’ समूहले नै राखेको हुन सक्ने अनुमान गरिएको छ ।

यो पनी

चन्द्रौटामा शंकास्पद बस्तु फेला, कुकुरसहितको बम डिस्पोजल टोली घटनास्थलमा


प्रतिक्रिया दिनुहोस्