वकिलले लखेटी लखेटी प्रहरी कुटे, कयौँ गाडीमा तोडफोड र आगजनी

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


दिल्ली । दिल्लीको तीस हजारी अदालतमा वकिल र प्रहरीबीच हिंस्रक झडप भएको छ। प्रहरी र वकिलबीच सामान्य विवादका क्रममा फायरिङ भएपछि हिंसा भड्किएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

फायरिङ भएपछि भड्किएका वकिलले प्रहरीका कयौँ गाडीमा तोडफोड र आगजनी गरेका छन्। त्यतिमात्र हैन उनीहरुले प्रहरी अधिकारीलाई समेत लखेटी लखेटी पिटेको समाचारमा जनाइएको छ। 

त्यहाँको स्थिती तनावग्रस्त भएपछि ठूलो संख्यामा प्रहरी बल तैनाथ गरेर स्थिती नियन्त्रणमा लिने प्रयास गरिएको छ। तर हिंसा अझै नथामिएको समाचारमा उल्लेख छ।   

यतिबेला अदालतको स्थिती निकै तनावपूर्ण भएको छ। विवादले उग्र रुप लिएपछि वकिलले प्रहरीलाई लखेटी लखेटी कुटपिट गरेको प्रत्यक्षदर्शीले जनाएका छन्। फायरिङका क्रममा सुरेन्द्र वर्मा नामका वकिललाई गोली लागेपछि वकिलहरु प्रहरीमाथि खनिएको सञ्चारमाध्यमले जनाएका छन्। 


प्रतिक्रिया दिनुहोस्