बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । मन्त्रीपरिषदको बैठक बसिरहेको छ । बालुवाटारमा जारी बैठकमा समसामयीक बिषयमा छलफल भैरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार चेतन अधिकारीले जानकारी जानकारी दिए ।

प्रधानमन्त्री ओली आजै डायलासिसका ग्रान्डी अस्पताल जाने तयारी छ । उहाँको आज तेस्रो पटक डायलासिस गर्ने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको हप्तामा ३ पटक डायलाइसिस गर्नुपर्ने अथवा प्रत्यारोपण गर्ने विकल्प रहेको चिकित्सकले बताएका छन् । 

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएका उहाँको बुधबार र बिहीबार आकस्मिक रूपमा ग्रान्डी अस्पतालमै डायलासिस गरिएको थियो।

नेकपाको शनिबार बसेको सचिवालय बैठकमा ओलीले उहाँले आफ्नो मिर्गौलाले काम नगरेकाले नियमित डायलासिस गर्नुपर्ने अवस्था आएको बताउँनु भएको थियो।

‘मिर्गौलाले दुःख दियो,’ ओलीले बैठकमा भन्नु भएको थियो, ‘केही रिपोर्ट आउन बाँकी छ । 


प्रतिक्रिया दिनुहोस्