तपाइको जग्गा हदबन्दी भन्दा धेरै त छैन ? कसले कति जग्गा किन्न र राख्न पाउँछ ?

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ११ : ४८


नेपालमा निश्चित सीमा भन्दा धेरै जग्गा राख्न प्रतिबन्ध गरिएको छ जसलाई चलन चल्तीको शब्दमा हदबन्दी भनिन्छ । कसैले हदबन्दीभन्दा धेरै जग्गा राखेको पाइएमा त्यसलाई सरकारले जफत गर्ने गर्दछ ।

हदबन्दी मा संशोधन गर्न खोजिएको भए पनि अहिले सम्म भित्री मधेस समेत तराईमा १० बिघा, काठमाडौँ उपत्यकामा २५ रोपनी, उपत्यका बाहेक पहाडी क्षेत्रमा ७० रोपनी हदबन्दी तोकिएको छ ।

हदबन्दी बाहेक पनि आवासीय प्रयोजनका लागी थप जग्गा राख्न मिल्छ यसरी व्यक्ति वा निजको परिवारले घरबारीका निम्ति तराईमा १बिघा, काठमाडौँ उपत्यकामा ५ रोपनी र उपत्यका बाहेक पहाडी क्षेत्रमा २० रोपनी थप राख्न पाउने व्यवस्था ऐनमा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्