७७ वटै जिल्लामा युवा संघको एकीकरण पूरा, कसको भागमा कति ?

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ६ : ४९


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध राष्ट्रिय युवा संघ नेपालले सबै जिल्लामा एकीकरण टुङ्गो लगाएको छ।  

युवा संघ कार्यालयमा शनिबार बसेको बैठकले ७७ वटै जिल्लाको जिल्ला कमिटीको नेतृत्व टुङ्गो लगाएको हो।

तत्कालिन एमाले निकट युवा संघले ४२ जिल्लामा अध्यक्ष पाउने भएको छ भने साविक योङ कम्युनिष्ट लिग (वाईसीएल) ले ३५ जिल्लामा अध्यक्ष पाउने गरी सहमति भएको आइतबार जारी विज्ञप्तिमा उल्लेख छ। 

हेर्नुहोस् विज्ञप्ति 


प्रतिक्रिया दिनुहोस्