सिमेण्ट कारखानाको भवनबाट खस्दा…

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ६ : ४०


काठमाडौं । दाङको घोराही सिमेण्ट कारखानाको भवनबाट खस्दा भारतको उत्तर प्रदेशका ४५ वर्षीय रमेशकुमार पटेलको मृत्यु भएको छ । भवनको फर्मा बनाउने क्रममा खस्दा घाइते भएका पटेललाई उपचारका लागि कोहलपुर मेडिकल कलेजमा भर्ना गरिएको र उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक विनोदविक्रम शाहका अनुसार कार्तिक १६ गते बेलुकी साढे ६ बजेतिर उनी कारखानाबाट खसेका थिए । उनले घोराही उपमहानगरपालिका ३ स्थित घोराही सिमेन्ट कारखानामा काम गर्दै आएका थिए । उपचारका लागि उनलाई कोहलपुर पठाइए पनि राति साढे १० बजेतिर उनको मृत्यु भएको थियो । मृतकको शव कोहलपुर मेडिकल कलेजको शवगृहमा रहेको बताइएको छ ।
 


प्रतिक्रिया दिनुहोस्