हनुमानको भेषमा भिख माग्दै थिए मुस्लिम युवक, भोग्नु पर्‍यो जेल सजाय

प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार


उत्तर प्रदेश । भारतको उत्तर प्रदेश स्थित बरेलीमा हनुमानको भेषमा भिख माग्दै गरेका युवक पक्राउ परेका छन्। 

हनुमानको भेष धारण गरेका ती युवक मुस्लिम समुदायका हुन्। मुस्लिम समुदायका भएकै कारण उनलाई जेल सजाय भएको छ। मुरादाबाद निवासी नसीमले  हनुमानको भेष धारण गरेर सुभाषनगरको अनुपम नगरमा भिख मागिरहेका थिए। 

उनलाई हनुमानको भेषमा देखेपछि त्यहाँका स्थानीयले सोधपुछ गर्दा उनले आफ्नो वास्तविक नाम बताए। त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरीले उनीमाथि रुप धारण गरेर ठगी गरेको आरोपमा मुद्दा दर्ता गर्यो।

सामाचारका अनुसार सबैभन्दा पहिले बजरंग दलका कार्यकर्ताले हनुमानको अपमान भएको भन्दै युवकलाई पक्राउ गरेका थिए। त्यसपछि उनले आफ्नो नाम असीम बताए। 

सोधपुछका क्रममा उनको वास्तविकताको पहिचान भयो। उनले यसअघि लैला मजनूको भेषमा भिख माग्दै आएका थिए। र उनी पहिलो पटक हनुमान बनेको बताए। प्रहरीले हालै उनलाई जेल चलान गरेको छ।   


प्रतिक्रिया दिनुहोस्