‘काण्ड’मा मुछिएपछि करिअर ‘डाउन’ भएका बलिउडका कलाकारहरु

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । बलिउडमा केही यस्ता चर्चित कलाकारहरु रहेका छन् जसले आफ्नो करिअरको उचाईलाई बुझ्न सकेनन् । आफ्नो सफतालाई ती कलाकारहरु स्वय आफैले नै ध्वस्त पारे । साइन आहुजा बलिउडका चर्चित अभिनेता थिए । तर, यौनकाण्डमा मुछिएपछि उनको करिअर ध्वस्त भएको थियो ।

उनीमाथि आफ्नै घरमा काम गर्ने युवतीले बलात्कार गरेको आरोप लगाएकी थिइन् । अन्ततः उनलाई जेल सजाय भयो । त्यस्तै अर्का चर्चित कलाकार हुन् शक्ति कपुर । उनी पनि आफ्नो सफलताको उचाईमा थिए । तर, जब उनी कास्टिङ काउचको शिकार भए तब उनको करिअर ध्वस्त हुन पुग्यो ।

चर्चित अभिनेत्री ममता कुलकर्नीले पनि आफ्नो उचाई चिन्न सकिनन् । उनी ड्रग ओसार पोसारमा संग्लन भएको रहस्य बाहिर आएको थियो । उनले बलिउडमा चर्चा बटुलिरहँदा विवाह गरिन् र देश नै छोडेकी थिइन् ।

पछिल्लो समय उनी प्रहरी निगरानीमा रहेकी छिन् ।  अर्का चर्चित अभिनेता राउल रोय हुन् । उनले बलिउडमा राम्रो सुरुवात गरेका थिए । तर, जस्तोपायो त्यस्तै फिल्म गरेकै कारण उनी धेरै वर्ष बलिउडमा टिक्न सकेनन् । बलिउडमा रहन उनले हरसम्भव प्रयास गरे तर, ति सबै सार्थक हुन सकेनन् । 


प्रतिक्रिया दिनुहोस्