कुवेतका अमिरद्वारा सरकारको राजीनामा स्वीकृत

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ६ : २७


कुवेत सिटी। कुवेतका अमिर शेख नवाफ अल-अहमद अल-जाबेर अल-सबाहले आइतबार त्यहाँको सरकारको राजीनामा स्वीकृत गरेको कुवेत समाचार एजेन्सी (कुना) ले जनाएको छ।

अमिरले नयाँ मन्त्रिपरिषद् गठन नभएसम्म कामचलाउको रूपमा काम गर्न सोही सरकारलाई निर्देशन दिनुभएको छ।

प्रधानमन्त्री र मन्त्रीहरूको राजीनामा स्वीकृत भएको छ र कुवेतको नयाँ सरकार गठन नभएसम्म प्रत्येक मन्त्रीले आफ्नो पदमा कायम रहनेछन्।

‘प्रधानमन्त्री र मन्त्रीहरूको राजीनामा स्वीकृत भएको छ र कुवेतमा नयाँ सरकार गठन नभएसम्म सबै मन्त्री आफ्नो पदमा रहनेछन्’, कुनाले जनाएको छ।

नोभेम्बर ८ मा कुवेत सरकारले अमिरलाई राजीनामा बुझाएको थियो।

राजीनामा संसदीय अधिवेशनको पूर्वसन्ध्यामा आएको थियो जसको एजेन्डामा प्रधानमन्त्री र उनको सरकारका धेरै सदस्यहरू विरुद्धका विभिन्न मुद्दाहरू उठाइएका थिए।

जनवरी २४ मा, अमिरले शेख सबाह खालेद अल-हमद अल-सबाहलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो।

पछिल्लो समय कुवेतमा बारम्बार मन्त्रिपरिषद् हेरफेर भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्