नेपाली युवा टोली र एमसीसीबीच खेल जारी

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौं । नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टिमले अहिले विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)विरुद्ध एकदिवसीय क्रिकेटमा प्रतिस्पर्धा गरिरहेको छ  ।

त्रिवि मैदान कीर्तिपुरमा एमसीसीविरुद्ध नेपाली युवा टिमले  बलिङ गरिरहेको छ । कप्तान रित गौतमले टस जितेर पहिले फिल्डिङ रोजेको हुन् । 

यू–१९ टिमपछि एमसीसीले टिमले सोमबार नेपाली राष्ट्रिय टिमसँग एक दिवसीय खेल खेल्नेछ । एकदिवसीय पछि एमसीसीले नेपालसँग ट्वेन्टी–ट्वेन्टी र फस्ट क्लास क्रिकेट खेल्नेछ ।

नेपाली क्रिकेट विकासको लागि तयार गरेको लिगेसी टुर अन्तर्गत एमसीसी टिम नेपाल आएको हो ।  नेपाली क्रिकेट विकासको लागि एमसीसीले गत वर्षको साउनमा लिगेसी टुरको घोषणा गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्