पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध सिलिन्डर बोकेर प्रदर्शन (फोटोफिचर)

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ३ : ४५


काठमाडौं। सरकारले पेट्रोलियम पदार्थमा बढाएको मूल्यवृद्धिको खारेजको माग गर्दै प्रदर्शन भएको छ।

काठमाडौंमा विभिन्न दलनिकट विद्यार्थीहरूले प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसबाट सिलिन्डर बोकेर प्रदर्शन गरेका हुन्।

विद्यार्थीहरूले सिलिन्डरमा विभिन्न पर्चा टाँसेका थिए । पर्चामा ‘मलाई किन यति अमूल्य बनायौँ?, गरिब जनताको घरमा म कसरी बल्ने?, मलाई बल्न देउ’, लेखिएको थियो।

सरकारले केही समयअघि खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएपछि निरन्तर आन्दोलन जारी छ।


प्रतिक्रिया दिनुहोस्