प्रधानमन्त्रीको आज पनि डायलासिस, मन्त्रिपरिषद र सचिवालय बैठक प्रभावित

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ३ : ३२


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको आज आइतबार तेस्रोपटक डायलासिस हुँुदैछ । 

प्रधानमन्त्री  मिर्गौला डायलासिसका लागि ग्रान्डी अस्पताल जाने तयारी भइरहेको छ।

प्रधानमन्त्री ओलीको उपचारका लागि अस्पताल जाने भएपछि तिहारपछि पहिलोपटक आज बिहान ११ बजेका लागि  बोलाइएको मन्त्रिपरिषद् बैठक प्रभावित हुने भएको छ।

बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिनाका साथै सरकारको कामलाई प्रभावकारी गराउनेलगायत विषयमा छलफल हुने बताइएको छ।

यसअघि प्रधानमन्त्री ओलीले ग्रान्डीमा दुई पटक डायलासिस गराइसक्नु भएको छ । 

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आफू सिकिस्त बिरामी नभएको तर मिर्गौलाले राम्रोसँग काम गर्न नगरेकाले अब नियमित डायलासिस वा पुनः प्रत्यारोपण मात्र विकल्प रहेको जानकारी दिनु भएको थियो । 

शनिबार बसेको नेकपा सचिवालय बैठकमा उहाँले मिर्गौलाले राम्रोसँग काम नगरेको र फोक्सोमा पानी जमेकाले ग्रान्डी अस्पतालमा गएर दुईपटक डायलासिस गराएको जानकारी दिनुभएको थियो । 

ग्रान्डीमा गरिएका स्वास्थ्य जाँचका केही रिपोर्ट आउन बाँकी रहेको र ती आइसकेपछि डाक्टरले फाइनल गर्ने उहाँको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्