टुङ्ग्याउला त नेकपाले आज उम्मेदवार ?

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ३ : ०७


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आइतबार उम्मेदवारको टुङ्गो लगाउने भएको छ ।

त्यसका लागि आज पनि नेकपाको सचिवालय बैठक बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकले समय अभावले उम्मेदवारको टुङ्गो लगाउन नसकेको भन्दै  प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । 

बैठकले तल्लो तहबाट आएका उम्मेदवारको सिफारिसमा प्रारम्भिक छलफलसमेत गरेको जनाइएको छ । 

पार्टीले उम्मेदवार सिफारिस गर्दा तल्लो तहलाई कम्तीमा तीन जनाको नाम भने पनि कतिपय ठाउँबाट एक जनाको नाममात्र पनि सिफारिस छ भने कतिपय ठाउँबाट दुई, तीन जनाको सिफारिस भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । शनिबारको बैठकमा प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिनुभएको थियो । 


प्रतिक्रिया दिनुहोस्