नवलपरासी लगायत पश्चिम तराईमा उदाउँदो सूर्यलाई अर्घ

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  २ : ५९


रविन्द्र यादव

नवलपरासी । नवलपरासी लगायत पश्चिम तराईका जिल्लाहरुमा पनि छठ पर्व अन्तर्गत आइतबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइएको छ ।

नवलपरासी जिल्लाका विभिन्न स्थानका नदी, नहर, तलाउ र पोखरीमा जम्मा भएका श्रद्धालुहरुले आइतबार साँझ सूर्यलाई अघ्र्य दिएका छन् । नवलपरासीको रामग्राम परासी, प्रतापपुर, गुठी परसौनी, सुस्ता, सरावल महेशपुर पाल्हिनन्दन, लगायत जिल्लाका विभिन्न स्थानका जलाशय सिँगारिएको छ ।

छठ व्रत गर्ने महिला र पुरुषहरुले साँझ अस्ताउँदै गरेको सूर्य देवतालाई नदी, नहर, पोखरी वा पवित्र जलाशयमा उभिएर माटोले निर्मित भाँडावर्तन, बाँसले निर्मित सामग्रीसहितका भाँडामा राखिएका कोरा, स्याउ, ठेकुवा, भूस्बा, खाजा, लड्डुसहितका फलफूल आदि सूर्य देवतालाई चढाउने गरेको सञ्चारकर्मी रविन्द्र यादवले जनाएका छन् ।

सन्तानको प्राप्ति र लामो आयुका लागि गरिने छठ पर्व मनाउँदा छालासम्बन्धी रोग समेत नलाग्ने जनविश्वास रहेको छ । छठ पर्वमा शनिवार साँझ अस्ताउँदै गरेको सूर्यलाई त्यही अघ्र्य दिएर छठ पर्व सुरु भएको थियोे भने दुई दिन लगातार निराहार व्रत बसेका व्रतालुहरुले आइतबार दिन व्रत तोड्दै पारन गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस्