आजको मौसम कस्तो, पानी पर्ला जस्तो !

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  २ : ५५


देशभर मौसममा बदली भएको छ।

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले आइतबार बिहान काठमाडौं उपत्यकासहित आसपास र पश्चिमका सबै स्थान र पूर्वको तराई क्षेत्रमा मौसम सामान्य बदली भएको जानकारी दिनुभयो । 

यसैगरी दिउँसो पनि देशका पश्चिमी क्षेत्रलगायत अन्य स्थानका पनि पहाडी भेगमा मौसम सामान्य बदली रहने र पश्चिम पहाडका एक÷दुई स्थानमा छिटफुट वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तै आइतबार राति देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले आइतबार जारी गरेको बुलेटिनमा उल्लेख छ।

वरिष्ठ मौसमविद् पौडेलका अनुसार अहिले देशमा भइरहेको बदली पश्चिमी वायुको प्रभावले हो।


प्रतिक्रिया दिनुहोस्