प्रधानन्यायाधीशले घरबाटै गठन गरे इजलास, वैकल्पिक गेटबाट सर्वोच्चभित्र प्रवेश

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  १० : ५७


काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूबाहेकका १० वटा इजलास गठन गरेका छन् । नेपाल बार एसोसिएसन र सहकर्मी न्यायाधीशहरूको विरोधका बीच जबराले आइतबारका लागि १० वटा इजलास घठन गरेका हुन् ।

नेपाल बारले सर्वोच्च प्रवेश गर्न नदिने भन्दै मुल गेटमा धर्ना दिएपछि जबराले बालुवाटारस्थित प्रधानन्यायाधीश निवासबाटै इजलास गठन गरेर मुद्दाको पेसी तोकेका हुन् । पेसी तोकेर जबरा एक नम्बर गेट प्रयोग गरेर सर्वोच्च अदालतभित्र प्रवेश गरेका छन् ।

उनले एउटा एकल र नौवटा संयुक्त इजलासका लागि २७२ मुद्दाको पेसी तोकेका छन् । नेपाल बारले शान्तिपूर्ण प्रर्दशनमा हस्तक्षेप गरेको भन्दै बहस बहिष्कार गर्ने निर्णय गरेको छ भने असन्तुष्ट न्यायाधीशहरूले भने बारले बहस बहिष्कार गरेको इजलास नबस्ने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्