अफ्रिकालाई तेस्रोपटक रग्बी विश्वकपको उपाधि

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  २ : २६


काठमाडौं ।  इंग्ल्याण्डमाथि ३२–१२ को फराकिलो जित निकाल्दै  दक्षिण अफ्रिकाले तेस्रो पटक रग्बी विश्वकपको उपाधि जितेको छ ।

जापानको योकोहामा शहरमा गएराती भएको फाइनल खेलमा दक्षिण अफ्रिकाले रग्बी विश्वकपको नवौं संस्करणको उपाधि उचालेको हो ।

मध्यान्तरसम्म १२–६ को अग्रता लिएको दक्षिण अफ्रिकाले मध्यान्तरपछिको खेलमा २०–६ को अग्रता बनाउँदै खेल ३२–१२ ले आफ्नो पक्षमा पारेको हो ।

दक्षिण अफ्रिकाले यसअघि सन् १९९५ र २००७ मा रग्बी विश्वकप जितेको थियो । दक्षिण अफ्रिका जस्तै न्युजिल्याण्डले पनि तीन पटक रग्बी विश्वकपको उपाधि जितेको छ ।

यसैगरी अष्ट्रेलियाले दुई र इंग्ल्याण्डले एक पटक यो उपाधि हात पारेकाे छ । 


प्रतिक्रिया दिनुहोस्