रियल मड्रिडले गुमायो मौका

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  २ : १६


काठमाडौं । रियल बेटिससँग बराबरीमा रोकिएको रियल मड्रिडले स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ ।
बार्सिलोना पराजित भएको शनिबार रातिको खेलमा रियल मड्रिडले जित निकालेको भए शीर्ष स्थानमा पुग्ने थियो । घरेलु मैदानमा भएको खेलमा रियल मड्रिड रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएको हो ।

रियल मड्रिडका लागि पहिलो हाफमा इडन हजार्डले गोल गरेका थिए, तर भिएआर मार्फत हेरेर त्यसलाई रेफ्रीले अमान्य घोषित गरे । 

बराबरीपछि दोस्रो स्थानको रियल मड्रिडको ११ खेलबाट २२ अंक भएको छ। बार्सिलोनाको पनि समान २२ अंक नै छ ।

शनिबार राति नै भएको खेलमा शीर्ष स्थानको होडमा रहेका एट्लेटिको मड्रिड र सेभिल्लाले पनि बराबरी खेलेका छन् । सेभिल्लाको मैदानमा भएको खेलमा एट्लेटिको १–१ को बराबरीमा रोकिएको हो ।

बराबरीपछि दुवैको समान २१ अंक भएको छ, समान १२ खेलबाट । एथ्लेटिको तेस्रो तथा सेभिल्ला चौथो स्थानमा छ । राति नै भएको अर्को खेलमा भ्यालेन्सियाले स्पानियोललाई २–१ ले पराजित गरेको छ ।


प्रतिक्रिया दिनुहोस्